वर्ष २०७९ मा नेपाली फिल्म : कस्तो रह्यो क्षेत्र ?

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, ११ : २९
वर्ष २०७९ मा नेपाली फिल्म : कस्तो रह्यो क्षेत्र ?

काठमाडौं । २०७९ सालमा नेपाली चलचित्र क्षेत्रमा निकै उतारचढाव देखिएकाे छ। नेपाली मनोरञ्जन क्षेत्रमा २०७९ सालमा ४६ चलचित्र प्रदर्शन हुँदा १० वटा चलचित्र मात्र हिट भएका हुन् । अरु चलचित्रलाई भने दर्शकले खासै मन पराएनन् । तर, त्यो अनुपातमा चलचित्रको कमाइ भने वृद्धि भएको देखिन्छ ।

वर्ष २०७९ सालको सुरुवाती महिना वैशाख १ गतेदेखि अन्तिम महिना चैत २४ गतेसम्म कूल ४६ चलचित्र प्रदर्शनमा आएका आए । वैशाख १ गते ‘ए मेरो हजुर ४’ प्रदर्शन भएसँगै सुरु भएको वर्ष २०७९ चैत २४ गते ‘बहाव’ प्रदर्शनसँगै २०७९ मा नेपाली चलचित्र टुंगिएको छ ।

यस वर्ष ‘कबड्डी ४’, ‘छक्कापञ्जा ४’, ‘महापुरुष’, ‘प्रेमगीत ३’, ‘२ नम्बरी’, ‘फूलबारी’, ‘झिंगेदाउ’, ‘के घर के डेरा’, ‘ए मेरो हजुर ४’ जस्ता चलचित्रहरुले समिक्षकहरुको मन जित्दै राम्रो कमाइ गर्न सफल भए ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषमा समेत प्रदर्शन भई निकै चर्चा पायो । यस चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली पहिचान पाउन सफल भयो । संसारका ठूला मल्टिप्लेक्स र चेनमा प्रदर्शन हुने एक मात्र फिल्म ‘प्रेमगीत ३’ नै बन्यो ।

यस वर्ष चलचित्रका केही अभिनेत्री र अभिनेताहरु विवाह बन्धनमा बाँधिए केकी अधिकारी, सलोन बस्नेत, निता ढुंगाना, सुरक्षा पन्तले आफ्ना प्रेमि-प्रेमीकाहरुसँग विवाह गरे भने अभिनेत्री वर्षा शिवाकोटीको विवाह र सम्बन्ध बिच्छेद यहि वर्षमा भयो ।

यस वर्ष केही उत्कृष्ट कलाकारहरुको निधनले मनोरञ्जनात्मक क्षेत्रमा ठूलो क्षति पुग्न गयो जयनन्द लामा, राजेन्द्र लम्साल र निर्देशकद्वय प्रदिप सरकार र प्रताब सुब्वाको निधन भयो ।

बलात्कार मुद्दामा थुनामा रहदै आएका अभिनेता पल शाहले पनि यहि वर्ष सफाई पाएर रिहा भए । त्यस्तै यहि वर्ष प्रदर्शन गरिने भनिएको चलचित्र ‘प्रसाद २’ को विविध कारण बस प्रदर्शन मिति रोकियो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त र चलचित्र कलाकार संघको अध्यक्षमा वरिष्ठ कलाकार मोहन निरौला निर्वाचित भए । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोक गायिका रीता थापा मगर नर्विरोध निर्वाचित भइन् । वर्ष २०७९ मा निर्देशक सुर्दशन थापा, दायाहाङ रार्ई, स्वेता खड्का र राजेश पायल राई लगायतका कलाकारहरु आमा-बुबा बने ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको सम्बन्ध यसै वर्ष टुंगियो । त्यस्तै कलाकार जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको ६ वर्षदेखिको प्रेम सम्बन्धको अन्त्य भयो ।

र यसै वर्ष भारतीय चलचित्र ‘एनिमल’ का लागि दौडधुप गरिरहेका अभिनेता विपीन कार्कीले उक्त चलचित्रबाट हात झिक्न पर्‍यो ।

प्रतिक्रिया दिनुहोस