काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचन निलम्बनमा परेका छन् । गत अप्रिल १ मा दुबई उडानका क्रममा उनले विमानचालकको उचित व्यवस्थापन गर्न नसक्दा उडान नै रद्द भएको थियो ।
सो सम्बन्धनमा अद्योहस्ताक्षरीबाट गठित उपसमितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीमाथि थप जाँचबुझका लागि मंगलबार निलम्बन गरिएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
जाँचबुझ समाप्त नभएसम्मका लागि शेरचनलाई नेपाल वायुसेवा निगमको कर्मचारीहरुको सेवा सर्तसम्बन्धी विनियमावलीअनुसार निलम्बन गरिएको उयनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै