गोविन्द र जितनारायणलाई जिताउन कांग्रेसका युवा नेताहरु उपनिर्वाचनमा खट्ने

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १४ : ४८
गोविन्द र जितनारायणलाई जिताउन कांग्रेसका युवा नेताहरु उपनिर्वाचनमा खट्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताले उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचार–प्रसारका लागि खट्ने भएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसबाट तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् । उनीहरुलाई जिताउन केन्द्रीय सदस्य प्रकाश स्नेही, नेताहरू रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, युवराज पाण्डे, शिव रिमाललगायत उपनिर्वाचन प्रचारप्रसारमा खटिने भएका हुन्।

 

उनीहरूले सोमबार काठमाडौंमा छलफल गरेर उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। ‘उपनिर्वाचन हुने क्षेत्रमा पुगेर युवा परिचालनमा केन्द्रित हुने निर्णय भएको छ,’ नेता भूपेन्द्रजंग शाहीले भने, ‘ अन्य पार्टीले नकरात्मक्ता र भ्रम सृजना गरेकोले मतदातालाई आवेग र भ्रममा नलाग्न जनतालाई आग्रह गछौँ ।’कांग्रेसको उम्मेदवारलाई जिताउन तनहुँ १ र चितवन २ मा पुगेर अपिल गर्ने कार्यक्रम गरिने उनले बताए । तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराई  भोलि कांग्रेसको नेत्तृत्व गर्ने सक्ने व्यक्तित्व भएको भन्दै तनहुँका जनताले जिताउनुपर्ने बताए । चितवन–२ मा जितनारायण श्रेष्ठलाई जिताएर रवि लामिछानेको अनैतिक कर्मलाई दण्डित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस