काठमाडौँ।डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो। स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए।
गाउँपालिकाले स्वास्थ्य बीमाका लागि १९ लाख २८ हजार आठ सय ५० रुपैयाँ स्वास्थ्य बीमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको सङ्ख्या नबढेको स्वास्थ्य बीमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमामा दुरुपयोग नियन्त्रण गर्न कडाइका साथ सुधार प्रक्रिया अघि बढाइने
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बीमा: अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा
८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने