अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री पुष्पकमल दाहाल

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १३ : ५१
अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

लगानीको वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।‘बाह्य कारणबाट अर्थतन्त्रको आन्तरिक अवस्था केही समस्या परेको थियो । अब हामी सहज अवस्थातर्फ जाँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनोबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस