न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १० : ४४
न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

चितवन । चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन । कम्पनीको  सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । 
कम्पनीको  सचिव पदमा भुपेन्द्र कर्माचार्य  चयन भएका छन भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी  चयन भएका हुन्  । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन भएका छन ।
सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने  लक्ष्य रहेको बताए । ‘हामी सबै को आ आफ्नै विजनेश र पेशा छ श्रेष्ठले भने, यो ग्रुपमा हामीले संयुक्त लगानी गरी संभावित क्षेत्रमा लगानी गर्दै जानेछौं ।’ ग्रुपले हाल रियलस्टेट क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न लागेको  अध्यक्ष श्रेष्ठको भनाई छ । ‘चितवन हरेक क्षेत्रमा संभावना भएको क्षेत्र हो, उनले भने, तर भोलिका दिनमा यहांँ मात्रै होइन देशमा मुख्य शहरहरुमा पनि लगानी र व्यवसाय विस्तार गर्दै लग्नेछौं ।’ 
कम्पनीमा  पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारी  लगायत क्षेत्रका व्यवसायीहरु  गरी  ३१ जना सदस्य आवद्ध छन ।

प्रतिक्रिया दिनुहोस