काठमाडौं । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधिसभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेटने गरी सो विधेयक संशोधन गर्नु परेको पनि स्पष्ट पारे।
बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८र७९ र अख्तियार दूरपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ । दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान