काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिममाथि छानबिन गर्नुपर्ने बताए ।
‘प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । योभन्दा लज्जाबोध के हुन सक्छ ?,’ उनी भन्छन्, ‘अनि सुन्छु दूधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ?
उपसभापति गुरुङले अगाडि भने, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्न सक्दैन । आजकै दिनमा यही बैठकबाट संसदीय मिति बनाएर निष्पक्ष समिति बनाएर छानबिन गर्नुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सांसद श्रेष्ठमाथि छानबिन भइरहेको जानकारी दिएपछि गुरुङले घूस प्रकरणमा पार्टीले नै छानबिन गर्न लागेको भनेर कटाक्ष गरे । उनले भने, ‘दूधको साक्षी बिरालो बसेको पनि यही सुन्दैछु । योभन्दा विडम्बना के हुन सक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन