हैदराबादको पहिलो जित

एजेन्सी

सोमबार, २७ चैत्र २०७९, ०६ : ४०
हैदराबादको पहिलो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । हैदराबादले आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा पञ्जाव किङ्सविरुद्ध आठ विकेटको जित निकाल्यो । 

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल खडा गरेको थियो । 

हैदराबादको जितमा राहुल त्रिपाठीले ७४ रन बनाए । कप्तान आइदेन मार्करमले ३७, मयन्क अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन जोडे ।

पञ्जावका अर्शदीप सिंह र राहुल चहरले समान एक/एक विकेट लिए । त्यसअघि पञ्जावका कप्तान शिखर धवनले ९९ रन बनाएका थिए । साम करनले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसक्दा पञ्जाव ठूलो योगफलसम्म पुग्न सकेको थिएन । 

हैदराबादका मयन्क मार्कन्डेले चार विकेट लिए । चार ओभर बलिङ गरेका मार्कन्डेले १५ रन खर्चिए । मार्को जन्सेन र उम्रन मलिकले समान दुई विकेट लिँदा भुवनेश्वर कुमारले एक विकेट लिए । 

जितसँगै तीन खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस