चितवन। चितवनमा एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० को तयारी तीव्र पारिएको छ ।चर्चित नायिका पूजा शर्माले लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरेकी छन् । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड बितरण गर्न लागेको हो । लक्की मिडिया हाउसले प्रचार सामग्री सार्वजनिक गर्ने अभियाननै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले टिसर्ट मोफसल टुर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्नेछ । पहिलो टुर बाग्लुङ हुने जनाइएको छ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डबारे जानकारी गराउने अभियान छिट्टै चल्ने नारायणी अनलाइनलाई जानकारी दिए ।
टिसर्ट सार्वजनिक कार्यक्रममा चितवनका युवा उधमी तथा बरिष्ठ समाजसेवी विजयबहादुर घले, बरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय सुवेदी ‘आवाज’, युवा उधमी सुरज तिवारी, अवार्ड कार्यक्रम संयोजक राजेश शर्मा आचार्यलगायतको सहभागिता रहेको थियो । टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माइल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न