इरानमा छात्रामाथि विषाक्तताका घटनामा निरन्तरता

एजेन्सी

आइतबार, २६ चैत्र २०७९, ११ : १४
इरानमा छात्रामाथि विषाक्तताका घटनामा निरन्तरता

एजेन्सी । इरानका विभिन्न विद्यालयमा शनिबार दर्जनौं छात्रालाई विष खुवाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बरको अन्त्यदेखि छात्राहरूलाई मात्र पढाइ गरिने धेरै विद्यालयहरू ग्याँस वा विषाक्त पदार्थहरूको सेवनका घटनाहरूबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा यस्ता घटनाका कारण विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

तेलको धनी दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको हाफ्टकेल शहरको एक बालिका विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको सरकारी टेलिभिजनको आईआरआईबी समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

“उत्तरपश्चिमको अर्दाबिलका पाँच वटा विद्यालयमा’ थुप्रै छात्रामा विषाक्त वस्तु सेवनका कारण ‘झर्किने, सास फेर्न गाह्रो हुने र टाउको दुख्ने’ लक्षण देखिएको प्रान्तीय चिकित्सा अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् ।

पश्चिम अजरबैजान प्रान्तको राजधानी उर्मियाको उत्तरपश्चिमी शहरमा ‘धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको’ आईएलएनए समाचार संस्थाले जनाएको छ ।

मार्च ७ मा उपलब्ध गराइएको आधिकारिक गणनाअनुसार देशका ३१ प्रान्तमध्ये २५ मा रहेका २३० भन्दा बढी प्रतिष्ठानमा ‘पाँच हजारभन्दा बढी विद्यार्थीहरू’ यस्तै विषाक्तताबाट प्रभावित भएका छन् ।

यी घटनाको छानबिनका लागि गठित राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ  । समितिले ‘अन्तिम प्रतिवेदन’ दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस