रामेछाप । झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघिदेखी कारागारमा रँहदै आएका कैदी बन्दीको मृत्यु भएको हो । रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु