नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढे पछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा गरी बैठक आब्हान गरेका हुन् ।स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारका अनुसार कोभिड नियन्त्रणका लागि केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिड सम्बन्धी दिशानिर्देशहरू जारी गरिसकेको छ ।
‘प्रधानमन्त्रीले कोभिडमा सबै राज्यहरूसँग समीक्षा गर्न निर्देशन दिनु भएको छ’ उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशन पछि आज स्वास्थ्यमन्त्री मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्न लागेका हुन । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो। बिहीबार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा