काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण मुस्लिम समुदायलाई पर्वको शुभकामना दिएका हुन्। उनले रमजान (रोजा) पर्वको विशेष महत्व रहेको बताए। उनले आम नागरिकहरुलाई धार्मिक कार्यमा लागिपर्न आग्रहसमेत गरे।
उनले भने, ‘रोजा महिनाको विशेष महत्व छ। धार्मिक कार्यमा लागिपर्न आग्रह गर्दछु। रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्छु।’ उपराष्ट्रपति यादवले पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट
आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ : उपराष्ट्रपति यादव
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको भेट
उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल