काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण मुस्लिम समुदायलाई पर्वको शुभकामना दिएका हुन्। उनले रमजान (रोजा) पर्वको विशेष महत्व रहेको बताए। उनले आम नागरिकहरुलाई धार्मिक कार्यमा लागिपर्न आग्रहसमेत गरे।
उनले भने, ‘रोजा महिनाको विशेष महत्व छ। धार्मिक कार्यमा लागिपर्न आग्रह गर्दछु। रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्छु।’ उपराष्ट्रपति यादवले पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
‘नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ’: उपराष्ट्रपति यादव
‘नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक’: उपराष्ट्रपति यादव
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’: उपराष्ट्रपति यादव