काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ ।
यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो । बिहीबार २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८१ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।
बिहीबार धेरै नाफा कमाउने कम्पनीहरुमा क्रमशः कालिञ्चोक दर्शन लिमिटेड, सिटिजन्स म्युचुअल फन्ड–२, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल ल्यूव आयल लिमिटेड लगायत छन् ।
धेरै गुमाउनेमा क्रमशः सामलिङ पावर कम्पनी लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा ग्रोथ फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार