काठमाडौं । काठमाडौं र सर्लाहीबाट २० जनालाई जुवातास खेलिरहेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।काठमाडौंकाे टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित एकजना पक्राउ
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ