विराटनगर। प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो ।
अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताए । उनले कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् ।
नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद