काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिएका छन् । उनले मंगलबार गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोली र अर्थ मन्त्रालयका अधिकारीसहितको टोलीसँग औपचारिक छलफल गरेका छन् ।
स्रोतका अनुसार मंगलबारको छलफलमा बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव मागेका थिए । राष्ट्र बैंकले पूँजीगत खर्च बढाउन, निमार्ण व्यवसायीको भुक्तानीलाई तीब्रता दिन सुझाव दिएको छ ।
अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी राष्ट्र बैंकले अर्थमन्त्रीलाई गराएको छ । सोहीकारण निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने राष्ट्र बैंकको सुझाव छ । यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव अर्थमन्त्री महत समक्ष राष्ट्र बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने
मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद