काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिएका छन् । उनले मंगलबार गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोली र अर्थ मन्त्रालयका अधिकारीसहितको टोलीसँग औपचारिक छलफल गरेका छन् ।
स्रोतका अनुसार मंगलबारको छलफलमा बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव मागेका थिए । राष्ट्र बैंकले पूँजीगत खर्च बढाउन, निमार्ण व्यवसायीको भुक्तानीलाई तीब्रता दिन सुझाव दिएको छ ।
अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी राष्ट्र बैंकले अर्थमन्त्रीलाई गराएको छ । सोहीकारण निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने राष्ट्र बैंकको सुझाव छ । यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव अर्थमन्त्री महत समक्ष राष्ट्र बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता