काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन । मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए ।
उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनयायीहरु सफल रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
‘नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ’: उपराष्ट्रपति यादव
‘नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक’: उपराष्ट्रपति यादव
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’: उपराष्ट्रपति यादव