काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाईन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरुले बताएका छन् ।
नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरु, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरुले बालबालिकाहरुको उद्धार गरेका हुन् ।समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए । उनले दिल्ली र अन्य राज्यहरुमा निरन्तर रुपमा नेपाली बालबालिकालाई विभिन्न प्रलोभलनमा ल्याइने गरेको भन्दै आफूहरुले उद्धार गरेका बालबालिकालाई किन इन्डिया नामक संस्था र नेपाली राजदुतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताए ।
नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरैजसो दिल्ली पुग्ने गरेको अध्यक्ष पाठकको भनाइ छ । बालबालिकाहरु घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० चैत्र २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा
दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन