बारा २ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १४ : २८
बारा २ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता

 बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने ।

यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस