भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य दुई सडकमा विद्युत्का तार भूमिगत गरिँदै छ । गोन्द्राङदेखि पुलचोक सडक र बाइपास सडकमा विद्युत्का तार भूमिगत गर्ने काम भइरहेको छ । मेशिनको प्रयोगले जमिनमुनि सुरूङ बनाउने र पाइप बिछ्याउने काम भइरहेको विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ ।
पहिलो चरणमा ३३ केभी लाइनका तार भूमिगत गर्नका लागि पाइप बिछ्याउने काम गरिएको हो । ३३ केभीका तार भूमिगत गरेपछि ११ केभी र एलटी लाइन क्रमशः भूमिगत गर्ने तयारी छ । विद्युत्का तार भूमिगत गरिएपछि बजार क्षेत्र खुला र सुन्दर देखिने छ ।
३३ केभीका तार भूमिगत गर्न पाइप बिछ्याउने काम सकिन लागेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भरतपुर शाखाका इलेक्ट्रिकल सुपरभाइजर सन्दीपविक्रम शाहले बताए । ‘३३ केभीको लाइन ४.५ किमीमा भूमिगत गर्नुपर्ने हो । ३.५ किमीमा पाइप बिछ्याउने काम भइसकेको छ । बाँकी एक किमीमा पनि पाइप बिछ्याएर सकिएपछि केबल हाल्छौँ’, उनले भने ।
उनका अनुसार पाइप बिछ्याएपछि चेम्बरलगायतका संरचनाहरु बनाएर तारलाई पाइपमा घुसाइन्छ । बाइपास सडकमा भरतपुर बसपार्क चोकदेखि भरतपुर आँखा अस्पतालसम्मको सडकखण्डमा पाइप विछ्याउने काम भइरहेको छ । भरतपुर बसपार्क चोकदेखि गोन्द्राङसम्म सडकको एक साइडमा पाइप बिछ्याएर सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० चैत्र २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम