मिटरब्याजी पीडितलाई रकम राष्ट्रियकरण गर्न र न्याय दिन संसदमा माग

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १४ : १६
मिटरब्याजी पीडितलाई रकम राष्ट्रियकरण गर्न र  न्याय दिन संसदमा माग

काठमाडौं । प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग  गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र प्रेम सुवालले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् । न्याय माग्न सिरहाबाट हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो ।

 गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरुले मिटरब्याजी पीडितको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका भए पनि आइतबारको शून्य समयमा बडु र सुवालबाहेक अरु सांसदले आफ्नो विषय बनाएनन् । बडुले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने बताउँदा सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकरा दिनुपर्ने बताए । साथै आइतबारकै बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न तयार रहेको बताए । सांसदहरुले गराएको ध्यानाकर्षणप्रति सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस