वासिङटन । राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गरेका छन् । साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् ।आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका हुन् ।
रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले उनलाई रुसी सैनिककाबारेमा गोप्य सूचना प्राप्त गर्न खोजेको आरोपमा गत बुधबार रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट पक्राउ गरेका थिए ।पत्रिकाको सम्पादकीय समूहले विचार पृष्ठमा एउटा छोटो टिप्पणी प्रकाशन गर्दै अमेरिकामा रहेका रुसी राजदूत र सबै रुसी पत्रकारलाई देश निकाला गर्नुपर्ने बताएको छ । राष्ट्रपति बाइडेनले तत्काल त्यसो गर्ने सोचमा आफू नरहेको पनि स्पष्ट गरेका छन् ।पत्रिकाले पत्रकार इभानलाई सम्बोधन गर्दै लेखको एक पत्रमा उनको रिहाइ एवम् सुरक्षाका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । उनको सुरक्षालाई पत्रिकाले उच्च महत्व दिएको जनाएको छ । एएफपी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
ड्रोन र मिसाइलद्वारा युक्रेनमा रूसको भीषण आक्रमण
युक्रेनले गर्यो रूसविरुद्ध अहिलेसम्मकै शक्तिशाली हमला