तनहुँ । तनहुँ क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।जिल्ला समन्वय समिति तनहँुको परिसरमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आर्चाय खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै निर्वाचनको प्रक्रिया सुरु भएको उनले बताए ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ ।कांगे्रसले आफ्नो बलियो पकडको रुपमा लिएको क्षेत्र नं. १ मा केन्द्रीय सदस्य गोविन्द भटराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।यस्तै नेकपा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।यस्तै कांगे्रस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने तयारीमा छन् ।नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यसमितिले पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरिसकेको छ ।
मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पॉच हजार मतान्तरले विजयी भएका थिए । पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उनले १९ हजार ९४३ मत ल्याएका थिए ।यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका थिए ।वैशाख १० गते हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३ सय ५ मतदाताले भोट हाल्न पाउने छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
तनहुँका २३ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा
तनहुँमा अदुवा उत्पादन बढ्यो
गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति पौडेल तनहुँमा
तनहुँमा बस दुर्घटना, ६ जना चिनियाँ पर्यटक घाइते