काठमाडाैं। इण्डियन प्रिमियर लीग (आईपीएल)को पहिलो खेलमा गुजरात टाइटान्सले विजयी शुरुवात गरेको छ । यस सिजनको पहिलो खेलमा गएराति गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।पहिले ब्याटिङ गर्दै चेन्नई ७ विकेट क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको गुजरातले ४ बल बाँकी छँदै ५ विकेटको जित हात पारेको हो ।
गुजरातका लागि शुभम गिलले ६३ र विजय शंकरले २७ रनको योगदान दिए । चेन्नईका लागि रुतराज गैकवाडले ५० बलमा ९२ रन बनाएका थिए । तर चेन्नईका बलरले गुजरातलाई रोक्न नसकेपछि हार टार्न सकेन ।आठौं क्रममा ब्याटिङ गर्न आएका महेन्द्रसिंह धोनीले ७ बलमा नटआउट १४ रन बनाए । आज आइपिएलमा २ खेल हुनेछन् । पहिलो खेलमा पन्जाब र कोलकाता भिड्नेछन् । दोस्रो खेल लखनउ सुपर जायन्टस् र दिल्ली क्यापिटल्टबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित
आईपीएल २०२६ : मुम्बईविरुद्ध राजस्थान २७ रनले विजयी