काठमाडाैं। इण्डियन प्रिमियर लीग (आईपीएल)को पहिलो खेलमा गुजरात टाइटान्सले विजयी शुरुवात गरेको छ । यस सिजनको पहिलो खेलमा गएराति गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।पहिले ब्याटिङ गर्दै चेन्नई ७ विकेट क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको गुजरातले ४ बल बाँकी छँदै ५ विकेटको जित हात पारेको हो ।
गुजरातका लागि शुभम गिलले ६३ र विजय शंकरले २७ रनको योगदान दिए । चेन्नईका लागि रुतराज गैकवाडले ५० बलमा ९२ रन बनाएका थिए । तर चेन्नईका बलरले गुजरातलाई रोक्न नसकेपछि हार टार्न सकेन ।आठौं क्रममा ब्याटिङ गर्न आएका महेन्द्रसिंह धोनीले ७ बलमा नटआउट १४ रन बनाए । आज आइपिएलमा २ खेल हुनेछन् । पहिलो खेलमा पन्जाब र कोलकाता भिड्नेछन् । दोस्रो खेल लखनउ सुपर जायन्टस् र दिल्ली क्यापिटल्टबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्जाब र मुम्बईको खेल अहमदावादमा हुने
आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद
आईपीएल : लखनउविरुद्ध पञ्जाबको सानदार जित
आईपीएल : हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो
आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो
आईपीएल : दिल्लीविरुद्ध कलकताको जित