दोलखा। दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ स्थित दुध डेरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका चालक २० वर्षीय राजु मगरको मृत्यु भएको हो ।
मगरको उपचारका क्रममा चरिकोट च्छोरोल्पा जनरल अस्पतालमा मृत्यु भएको दोलखा प्रहरीले जानाको दिइएको छ भने मोटरसाइकलमा सवार धनुषा घर भई हाल दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अविशेक शाह घाइते भएका छन् । घाइते शाहको च्छ्योल्पा जनरल अस्पताल चरिकोट मा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु