महोत्तरीमा एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १६ : ४०
महोत्तरीमा एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु

जनकपुर। धाममहोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । बलवा नगरपालिका वडा नं.१० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको बिहान ९ः २५ बजे मृत्यु भएको हो ।अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिक(२ का बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस