मिटरब्याज पीडित र सरकारबीचको वार्ता भोलिसम्मका लागि स्थगित

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १५ : ४५
मिटरब्याज पीडित र सरकारबीचको वार्ता भोलिसम्मका लागि स्थगित

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता शनिबारसम्मका लागि स्थगित भएको छ । पुनः छलफल गर्नेगरी वार्ता शनिबारसम्मका लागि स्थगित भएको संघर्ष समिति सदस्य संघर्ष दाहालले बताए ।

‘वार्ता शनिबार ११ बजेसम्मका लागि स्थगन भएको छ,’ उनले भने, ‘हामी प्रधानमन्त्री पनि भेट्न चाहान्छौं ।’वार्तामा अबका दिनमा के-के गर्ने भन्ने विषयमा सहमति जुटेपनि हालसम्म पीडित भएका किसानलाई न्याय दिलाउनका लागि कस्तो निर्णय गर्ने भन्नेमा वार्ता अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस