काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्।
स्रोतका अनुसार उपसभाति खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्रीको शपथ लिनेछन् ।
कांग्रेसले आठ मन्त्रालय पाएको छ। पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । बाँकीको रहेका चार जनाको अर्को चरणमा शपथ हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने
काँग्रेस संसदीय दलको बैठक बस्दै
संसदमा छिर्यो कांग्रेसको विवाद, आज को बोल्ने भन्नेमै अन्यौल
अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण