काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्।
स्रोतका अनुसार उपसभाति खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्रीको शपथ लिनेछन् ।
कांग्रेसले आठ मन्त्रालय पाएको छ। पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । बाँकीको रहेका चार जनाको अर्को चरणमा शपथ हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै