काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ः०१ मा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन , २०७८/७९ सभासमक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने कार्यसूची छ ।
यसैगरी, सांसद डा. बेदुराम भसुालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस’”’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको अधिवेशन अन्त्य
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस
राष्ट्रिय सभामा विकास-आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन प्रस्तुत