काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ः०१ मा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन , २०७८/७९ सभासमक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने कार्यसूची छ ।
यसैगरी, सांसद डा. बेदुराम भसुालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस’”’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने