मिटरब्याजी साहुकारको संरक्षण नगर्न मनिष झाको चेतावनी

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १३ : ५८
मिटरब्याजी साहुकारको संरक्षण नगर्न मनिष झाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सिरहाबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरे ।

‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह छु,’ उनले भने, ‘मिटरब्याजकै कारण कोही पनि रुखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरुको माग सम्बोधन गर्नुपर्‍यो ।’ जारी बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस