काठमाडौं । रास्वपाका सांसद मनिष झाले प्रश्नको अस्तित्व नभएपछि जनता सदनमा छिर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रसङ्गलाई कोट्याए।
उनले भने, ‘सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ २४ गते देख्यौँ। बालुवाटार, राष्ट्रपति कार्यालय, अरू अरू ठाउँ भन्दा पहिलो जनताको प्रस्तुति र उपस्थिति यहीँ देखियो, सदनमा देखियो।’
उनले जनताको प्रश्नले अस्तित्व पाउनुपर्ने बताए। उनले अगाडि भने, ‘सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नलागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु। जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषा ३ मा रास्वपाका मनिष झा विजयी
धनुषा ३ मा घण्टीको 'सुनामी': मनिष झाले ७,००१ मत पाउदा विमलेन्द्र निधिको २,६९० मत
धनुषा–३ : रास्वपाका मनिष झाको प्रारम्भिक अग्रता
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा
सरकार नढलोस्, कतिसम्म गिर्दो रहेछ हामी हेर्न चाहन्छौं : मनिष झा