धनुषा ३ मा घण्टीको 'सुनामी': मनिष झाले ७,००१ मत पाउदा विमलेन्द्र निधिको २,६९० मत

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, ११ : २६
धनुषा ३ मा घण्टीको 'सुनामी': मनिष झाले  ७,००१ मत पाउदा विमलेन्द्र निधिको २,६९० मत

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले फराकिलो अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार घण्टी चुनाव चिन्हका झाले ७,००१ मत प्राप्त गरी कांग्रेसका हेभीवेट नेता विमलेन्द्र निधिलाइ ठूलो मतान्तरले पछि पारेका छन्।

निधिको २,६९० मत प्राप्त गरेका छन्। झाले निधिलाई ४,३११ मतको ठुलो अन्तरले पछि पारेका हुन्। यस्तै, नेकपा एमालेकी उम्मेदवार जुली महतो भने १,३९५ मतका साथ तेस्रो स्थानमा छिन्।

अहिले उक्त क्षेत्रमा मतगणना जारी छ र मनिष झाको उत्साहजनक अग्रताले चुनावी नतिजा रास्वपाको पक्षमा जाने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस