मुगु । एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् । मंगलवार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाएका हुन् ।
गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ । तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्याए । गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई