काठमाडौँ । नेपाली कांग्रेसले टीआरसी अर्थात बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गरेको छ । कांग्रेस संसदीय दलको आयोजनामा मंगलबार सिंहदरबारमा विज्ञहरुले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिइरहेका छन् । जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गंगाधर अधिकारीले आयोगबाट हालसम्म भएका र अब गर्नुपर्ने विषयमा प्रकाश पार्ने कार्यक्रम रहेको छ ।
यस्तै संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजु चापागाईँले ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय सन्दर्भबारे केन्द्र्रित रहेर प्रशिक्षण दिँदा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्टले आयोगले गरेका काम, अबको बाटो र कानुनमा अन्तर्राष्ट्रिय चासोबारे केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ । यसैगरी वरिष्ठ अधिवक्ता राधेश्वाम अधिकारी र कांग्रेस नेता डा मिनेन्द्र रिजालले संसदमा प्रस्तुत सशोधन विधेयकको आवश्यकताबारे प्रशिक्षण दिने कांग्रेसले जनाएको छ। टीआरसीबारेको विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा कांग्रेसले आन्तरिक छलफल गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?