इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १४ : ५४
इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास

काठमाडौं । इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन् । मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरुमध्ये ५६५ जना परीक्षार्थिहरुमात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए ।

उनले परीक्षा चैत्र १२ र १३ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तिर्ण भएको बताए । उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताए । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो । उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपाल भर इन्जिनियरका रुपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ ।

इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको अध्यक्ष साहीले बताए ।इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तिर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गरिरहेका थिए । तर, अब इन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागु भएको छ ।

प्रतिक्रिया दिनुहोस