जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, ०८ : २७
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ ।

चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।

कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । जुन अब्लोकनको लागि श्रद्धालु भक्तजनको खचाखच भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस