काठमाडौं । राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पहलाय हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् । मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम खेलाडीको पारिश्रमिक रहेको भन्दै उनले तत्काल खेलाडीको पारिश्रमिक बढाउन माग गरेका हुन् ।
यसका लागि मन्त्री र सांसदका स्वकीय सचिवको पारिश्रमिक कटौती गर्न उनले प्रस्ताव गरे । ‘राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पहलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पहलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडीमुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ । बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही