देशलाई अनुशासित र स्वच्छ बनाउन प्रहरीको आवश्यक छः गृहसचिव सिंह

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, १३ : ०२
देशलाई अनुशासित र स्वच्छ बनाउन प्रहरीको आवश्यक छः गृहसचिव सिंह

काठमाडौं । गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताए । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे ।

उहाँले समाजमा प्राविधिक गतिविधिहरु मार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्म विश्वास र अठोटको आवश्यक्ता रहेको बताउनुभयो। सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए । प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यक्ता रहेको उनले बताए ।

सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रुपमा सुधार नदेखिएको बताए । प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस