काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।आज (आईतवार) सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
उहाँलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
उनले प्रहरी संगठनभित्रको छवि सुधार्ने बताएका छन् । संगठनले विगतदेखि गर्दै आएका कामलाई निरन्तता दिँदै थप आन्तरिक शुद्धीकरणमा दत्तचित्त भएर लाग्ने उनले बताए । प्रहरीहरुको मनोबल बढाउनु र आन्तरिक सुदृढीकरण गर्नु आफ्नो भीष्म प्रतिज्ञा रहेको उनले बताए ।
उनले आजै नक्सालस्थित प्रहरी हेडक्वार्टर पुगेर कार्यभार सम्हाल्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १२ : २६
लेखकबाट थप