कैलाली । कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ । से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु