काठमाडौं । नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन् । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेको हो ।
पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारि कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको दावी गरे ।
यसैविरुद्ध आफूहरु न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाए । अदालतले दिने निर्णय आफूहरुले सहर्ष स्वीकार गर्नेसमेत उनीहरुले बताए । उनीहरुले प्रजातान्त्रिक व्यवस्थामा दलहरु नै प्रमुख हुने र दलले नै भागबन्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने भनाई राखे ।साथै उनीहरुले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरे । उनीहरुले भने, नियुक्त भएका व्यक्तिहरुको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उनीहरुको बायोडाटा सार्वजनिक गर्न चुनौती दिन्छौं ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति