काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् ।
उनले उपचुनावमाम चितवनमा एक्लै उम्मेदवार खडा गर्न कांग्रेस सभापति पत्नी आरजु देउवामार्फत चुनौती दिएका छन् । उनले आरजुले कांग्रेसलाई निकै बलियो ठानेपनि बास्तविकता त्यस्तो नरहेको जिकिर गरेका छन् ।
‘आरजु भाउजुले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेक छन्, ‘म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजु ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाकी चारतारे उमेदवार उठाएर देखाउनुस त !’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा