बाघको दिगो संरक्षण नै प्रमुख चुनौती : महानिर्देशक डा. ढकाल

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, १९ : ०२
बाघको दिगो संरक्षण नै प्रमुख चुनौती : महानिर्देशक डा. ढकाल

बर्दिया । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा.महेश्वर ढकालले बाघबाट समृद्धि हासिल गरी स्थानीय समुदायको संरक्षण र जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय मुख्य सवाल बन्नुपर्ने बताएका छन ।

बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा शनिबारदेखि बर्दियामा सुरु भएको तीन दिने बाघ सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन उनले गर्दै यस्तो बताए।बाघको दिगो संरक्षण नै प्रमुख चुनौती हो भन्दै डा‍। ढकालले भने “राहतसँगै बिमा योजनालागू गर्नुपर्नेमाजोडदिनुका साथै मानव–वन्यजन्तु द्वन्द्वन्यूनीकरणका लागि पीडित परिवारलाई आश्रित कार्यक्रमल्याउनु पर्छ ।”

लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय सरकारहरूले मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर कामगर्नुपर्ने बताए।वन मन्त्रालयका सचिव डा. रामचन्द कँडेलले बाघको आक्रमण हुनसक्ने स्थानहरूमा क्यामेरा लगायतका उपकरण जडान गरी प्रभावकारी रूपमा बाघको ट्र्याकिङ गर्न जरुरी रहेको बताए ।

आइतबारसम्म चल्ने कार्यशाला गोष्ठीमा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश कुमार थापाले जैवीक मार्ग संरक्षणमा सरकारले बजेट नपठाउँदा समस्या आउने गरेको बताए।

उनले राष्ट्रिय निकुञ्जलाई प्राप्त हुने बजेटमध्ये केही रकम संरक्षित क्षेत्रलाई नियमित रुपमा छुट्याउनु पर्नेमा जोड दिए। कार्यशालामा विश्व वन्यजन्तु कोषका डा. शान्तराज ज्ञवाली, पर्सा चितवन, बाँके र बर्दियाका प्रमुख संरक्षण अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु, डिभिजन वनकार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारी, ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्साल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस