काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ढिलोमा आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ ।
शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।
पौडेलले भने– सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । त्यस अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ । ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने कुरा छ ।
माओवादी बैठकले गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै