काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारको सार्वजनिक स्थानमा बनेका सबै संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
शनिबार एक सूचना जारी गर्दै महानगरले महानगर क्षेत्र भित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन भइरहेको जग्गा खाली गर्न निर्देशन ७ दिनको अल्टिमेटम दिएको हो ।
यसप्रकारको सूचना विगतमा पनि पटक पटक जारी गरिएकाले यसपटक वेवास्ता गरेमा कानून अनुसार कारवाही गरिने सूचनामा जनाइएको छ ।
‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र त्यस्तो नदी बहाव, नदी किनार, नदी उकास तथा नदी कोरिडोरमा बनेका संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।उल्लिखित व्यहोराको सूचना मार्फत महानगरपालिकाबाट पटक पटक अवगत गराइएको व्यहोरा सम्बद्ध पक्षलाई जानकारी नै छ यो सूचनाको परिपालना नगरी अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्च समेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
यस्तो छ महानगरको सूचना
काठमाडौं महानगरपालिका क्षेत्र भित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सम्बद्ध सबै सरोकारवालाहरूका लागि यो सूचना प्रकाशित गरिएको छ । अतः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र त्यस्तो नदी बहाव, नदी किनार, नदी उकास तथा नदी कोरिडोरमा बनेका संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।
उल्लिखित व्यहोराको सूचना मार्फत महानगरपालिकाबाट पटक पटक अवगत गराइएको व्यहोरा सम्बद्ध पक्षलाई जानकारी नै छ यो सूचनाको परिपालना नगरी अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्च समेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह