काठमाडौं । क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो । यसलाई नेपली जनमानसले टिभी रोग भनेर अथवा उपनामले पनि चिन्ने गर्छन् । यो माइक्रो ब्याक्टेरिया ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने गर्दछ ।
यो एक व्यक्तिबाट अर्कोमा सर्ने रोग हो । क्षयरोग लागेका मानिसमा सक्रिय किटाणु विभिन्न माध्यममबाट अर्को व्यक्तिमा सर्ने हुन्छन् । रोग लागेको व्यक्तिले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना थुकका छिटाको माध्यमबाट हावाका रूपमा अर्को व्यक्तिमा यो रोग सर्ने गर्दछ । सामान्य रूपमा क्षयरोगले फोक्सोमा आक्रमण गर्छ । तर यसले शरीरका अन्य भागमा पनि असर पुर्याउन सक्छ । सक्रिय र निष्क्रिय गरेर दुई प्रकारका क्षयरोग हुने गर्छन् ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको थियो । अघिल्लो वर्ष २०७७र७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो ।
सामान्यतया सक्रिय र निष्क्रिय गरेर दुई प्रकारका क्षयरोग हुन्छन् । सक्रिय क्षयरोग भनेको कुनै व्यक्तिको प्रतिरोधात्मक क्षमताले क्षयरोगको जीवाणुलाई अर्का व्यक्तिमा वृद्धि हुनबाट रोक्न सकेन र संक्रमण भयो भने त्यसलाई सक्रिय क्षयरोग भनिन्छ । यो कति तीव्र रूपमा सर्छ भन्ने कुरा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा भरपर्छ । निष्क्रिय क्षयरोग चाहिँ यो एउटा मान्छेबाट अर्को व्यक्तिमा सर्दैन ।
क्षयरोगका लक्षण
लामो अवधिको खोकी लाग्ने : क्षयरोग सङ्क्रमित व्यक्तिमा लामो समयसम्म खोकी लागिरहने हुनसक्छ । यो खोकी लगातार तीन हप्तासम्म लाग्ने पनि हुनसक्छ ।
खकारमा रगत देखा पर्ने : धेरै खोकी लागिरहने र खकारमा रगत देखियो भने क्षयरोग भएको हुनसक्छ ।
ज्वरो आउने स् क्षयरोग लागेको व्यक्तिमा ज्वरो आउने हुन्छ । ज्वरो पनि साँझपख धेरै आउने र राति सुतेको बेला शरीरमा धेरै पसिना आउने पनि हुन्छ ।
छाती दुख्ने : सङ्क्रमितलाई धेरै छाति दुख्ने र भारी हुनेसम्म हुनसक्छ ।
तौल घट्दै जाने : क्षयरोग लागे मानिसलाई खान मन लाग्दैन । खान मन लागेको भनेर खान कम गर्दै जाने हुँदा तौलसमेत घट्दै जाने हुन्छ ।
थकाइ लाग्ने : क्षयरोग लाग्दा शरीर भारी हुने र थकाइ लाग्ने हुन्छ । फोक्सोमा असर गर्ने हुँदा शरीरमा अक्सिजनको कमी भएर थकाइ लाग्ने हुनसक्छ ।
उपचारको पाटो
आफूमा कुनै पनि क्षयरोगको लक्षणहरू देखिए भने तुरुन्त अस्पतालमा गएर रगतको जाँच गर्नुपर्छ । छातीको एक्स–रे गर्ने खकारको परीक्षण गर्ने । शरीरको अन्य भागमा पानी जमेको छ भने त्यो पानी निकालेर जाँच गर्ने गर्नुपर्छ । अहिले नेपाल सरकारले क्षयरोगका औषधि प्रत्येक सरकारी अस्पतालमा निःशुल्क गराएको छ । यसको नियमित सेवन गर्नुपर्छ ।
बच्ने उपाय यसप्रकार छन्
-कसैमा क्षयरोग देखिएको छ भने मास्क लगाउने,
-भौतिक दूरी कायम राख्ने,
-खोक्दा, हाच्छ्युँ गर्दा मुख छोप्ने,
-हरियो सागपात मौसमी फलफूल प्रशस्त मात्रामा खाने,
-धूम्रपान मद्यपान नगर्ने,
-सफा रहने,
-रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना खाने,
-थकानबाट टाढा रहने वा केही सामान्य काम गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षयरोगका बिरामी खोज्दै पालिका
चौध वर्षमुनिका २७ जनामा क्षयरोग
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
एक सय जनामा क्षयरोग सङ्क्रमण
बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च