काठमाडौं । कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान–१५ का पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेका उनी मंगलवार राति अचानक बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । लिम्बुको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइ समेत रहेका बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए ।
विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताएका छन् ।
एक्कासि बान्ता गरेर बेहोस भएपछि उनलाई मंगलवार अस्पताल लगिएको थियो । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी