सरकारमा सहभागि हुने लोसपाको निर्णय

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १६ : २१
सरकारमा सहभागि हुने लोसपाको निर्णय

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । 

बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि  नेता शरदसिंह भण्डारीले जानकारी दिए । 

यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस